Sunday, July 31, 2016

गैर अवासीय नेपाली संघ साउदि अरबको नवौं ऐतिहासिक बार्षिक उत्सव कार्यक्रम भब्य र सब्य का साथ सम्पन्न भयको छ उक्त कार्यक्रम मा दिप प्रजलन मार्च पास नृत्य साथै बिबिध कार्यक्रम का साथ सम्पन्न भयको छ

२९ जुलाइ, २०१६
अलखोवर साउदी अरब ।
हिजो शुक्रवार, अलखोवर स्थित क्लासिक रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ साउदी अरबको नवौं बार्षिकोत्वस कार्यक्रम भव्य र शव्य रूपमा सम्पन्न भएको छ । मध्यान्ह १२ बजेदेखी सुरू भै साझ ५:३० बजे समापन भएको कार्यक्रममा आइसीसी, एनसीसी, आरसीसी, एलसीसीका बर्तमान तथा भुतपुर्व पदाधिकारीहरू, पंजिकृत सदस्यहरू, एनआरएनए साउदीका संस्थापकहरू, नेपाली राजदूतावास रियादका श्रमसहचारी, दूतावासका कर्मचारी, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू, टेलिभिजन कर्मीहरू, अनलाइन मिडिया कर्मीहरू, पत्रकारहरू, समाजशेवि तथा बुध्दीजिविहरू लगायत नेपाली दिदिबहिनि तथा दाजुभाइहरूको उल्लेख्य संख्यामा जमघट रहेको थियो ।
तेज थापाद्वार संचालित कार्यक्रमको पहिलो खण्ड आसन ग्रहणबाट सुरू गरिएको थियो । एनसीसी अध्यक्ष नाराणय पासवानज्युको सभापतित्वमा नेपाली राजदूतावास रियादका श्रम सहचारी अम्बिका प्रसाद अधिकारी प्रमुख अतिथि तथा NRNA ICC FEMWWC संयोजक धरम के. सी. बिशेष अतिथिको रूपमा आसन ग्रहण गर्नु भएको थियो । कार्यक्रममा नेपाली दूतावासका कर्मचारी, एनआरएनए साउदीका संस्थापक तथा तमुधी संघ प्रवास साखा साउदी अरवका संरक्षक ओम घले, एनआरएनए साउदीका संस्थापक तथा नवलपरासी प्रवासी मंच साउदि अरवका अध्यक्ष बिरेन्द्र चौधरी, एनआरएनए साउदीका संस्थापक तथा भुतपुर्व NRNA-ICC मध्यपुर्व सहसंयोजक राजु सैयद, एनआरएनए साउदीका संस्थापक तथा नेपाल मगर संघ प्रवास साखा साउदी अरबका अध्यक्ष रूद्र सारू मगर, नेपाल मगर संघ प्रवास साखा साउदी अरबका कै कोषाध्यक्ष खिम बहादुर गर्बुजा, एनआटिएनसि नेपाली समाज साउदि अरवका अध्यक्ष प्रेम सिंमजाली मगर, महासचिव धने मेचे तथा संथापक अध्यक्ष राम गुरूङ, बिबेकसिल नेपालीका अध्यक्ष रबिन गुरूङ, अन्तराष्ट्रिय नेपाली साझा मन्चका अभियान्ता तथा पत्रकार महेश श्रेष्ठ, सैलुङ अनलाइनका मार्केटिङ डाइरेक्टर नवराज तामाङ, साउदी नेपाली अनलाइ टेलिभिजनका चियर म्यान रोशन एन श्रेष्ठ तथा टिमि, आँधिखोला अनलाइन डट्कमका मिडिया कर्मी सुरज अधिकारी, स्याङजा सहयोग समाज साउदी अरबका राजन श्रेष्ठ, भुतपुर्व एनसिसि साउदी अरबका कोषाध्यक्ष देबेन्द्र सुबेदी, भुतपुर्व एनसिसी केन्द्रिय सदस्य चन्द्र प्रकाश भन्डारी, समाज सेवी जोन अर्याल तथा रबिना अर्याल दम्पती, होटेल व्यवसायी तथा समाज शेवी श्री लिम्बु तथा नेपाली दिदिबहिनिले अतिथिको रूपमा आसन ग्रहण गर्नुभएको थियो ।
मन्तव्य कार्यक्रममा अन्तर्गत एनसीसी सदस्य उमेश भट्टराइले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसैगरी बैदेशिक रोजगार तथा आप्रवासि नेपाली कल्याणकारी समितिका संयोजक धरम के. सी. ले संस्थाको समग्र सार संक्षितप्त बारे जानकारी मन्तव्य दिनु भएको थियो ।
प्रतिबेदन प्रस्तुत अन्तर्गत गत मर्इ, २०१५ रियादमा सम्पन्न एनसीसी साउदी अरबको पांचौं महाधिवेशन यता संस्थामा हासम्म भए गरेका गतिबिधिहरूको बार्षिक अध्यावधिक कार्य प्रगति बिवरण र भावी कार्य योजना सहितको प्रतिबेदनलाइ एनसीसी महासचिव तेज बहादुर थापाले प्रोजेक्टरको माध्यामाद्वारा प्रस्तु गरेका थिए । त्यसै गरी एनसीसी कोषाध्यक्ष खगेन्द्र बिक्रम नेम्वाङ कारणवस कार्यक्रममा उपस्थित हुन नसके पछि उपाध्यक्ष डमर कुमार यादवले कोषाध्यक्षद्वारा संप्रेषण गरिएको आर्थिक प्रदिबेदन प्रस्तुत गर्नुभएको थियो । साथै एनसिसिको बैठक द्वारा गठित आर्थिक अडिट टिमका सदस्य धरम के. सी. द्वारा अडित रिपोर्ट प्रस्तुत गर्नु भएको थियो ।
लन्चब्रेक पश्चात कार्यक्रमका बिशेष अतिथिद्वारा एनआरएनए साउदीका संस्थापकहरूलाइ सम्मान पत्र बितरण गरीएको थियो भने प्रमुख अतिथिद्वारा एनआरपी पासपोर्ट सहजि करण शेवामा सहयोग पुराउने स्वयम शेवक तथा गत बर्ष नेपालमा गएको भुकम्प राहत संकलन सहजकर्ता तथा सहयोगीहरूलाइ प्रमाण पत्र बितरण गरिएको थियो । त्यसैगरि एनसिसि अध्यक्षद्वारा उत्कृष्ठ क्षेत्रिय एनआरएन लाइ प्रसंसा पत्र बितरण गर्नु भएको थियो भने संस्थालाइ सहयोग पुराउने समाजशेवीहरूलाइ सम्मान पत्र बितरण गरिएको थियो ।
एनआरएनए साउदीका संस्थापक ओम घले तथा नेपाली राजद्तावासका श्रमसहचारी तथा कार्यक्रमका प्रमुख अतिथिको शुभकामना मन्तव्य सँगै कार्यक्रमको पहिलो र दस्रो चरण समाप्त भएको थियो ।
कार्यक्रमको तेस्रो चरणमा नेपाली राजद्तावासका श्रमसहचारी, बैदेशिक रोजगार तथा आप्रवासि नेपाली कल्याणकारी समितिका संयोजकको संलग्नतामा पिडितहरू तथा उपस्थित सहभागिहरू बिच श्रमिक समस्या बारे अन्तरकृया कार्यक्रम चलाइएको थियो । अन्तरकृया कार्यक्रममा बिभिन्न कारणले पिडा भोगि रहेका श्रमिकहरू प्रत्यक्ष रूपमा उपस्थित भै आ-आफ्ना समस्या र भोगी रहेका पिडा बारेमा श्रम सहचारीलाइ अवगत गराएका थिए भने श्रम सहचारीज्युले ति समस्याहरूका बारेमा दूतवासबाट भै रहेको पहल र समाधानका बारेमा जानकारी गराउनु भएको थियो । अन्तरकृया कार्यक्रममा सँगै कार्यक्रमका सभापतिले मन्तव्य राख्दै औपचारिक कार्यक्रम समापन गर्नु भएको थियो ।
अनौपचारी कार्यक्रम अन्तर्गत आरसीसी पुर्वी क्षेत्रिय सचिव अन्जनि कुमार अधिकारीले बिभिन्न कलाकारहरूको कला तथा प्रतिभा प्रस्तुत कार्यक्रम संचालन गर्नुभएको थियो । सो क्रममा रिया घर्ति मगरले “कोही यहाँ पैसा र डलरमा बेचिदै छन्”नामक शिर्षकमा निकै मार्मिक कबिता बाचन गर्नु भएको थिएको थियो भने, गायक दिपक सुबेदिले “यहाँ देशको छ चिन्ता, तिमि माया-माया भन्छौ” बोलको सुमधुर र कर्णप्रिय गित सुनाउनु भएको थियो । त्यसै गरि अन्जनिक कुमार अधिकारीले“मेरो समपना के होला” शिर्षकमा कबिता बाचन गर्नुभएको थियो र अन्त्यमा नेपाली संस्कृतिक टिमद्वारा नृत्य प्रस्तुत गरिएको थियो सो क्रममा उपस्थित दिदीबहानिहरू र दाजुभाइहरू समेत नृत्यमा झुमेका थिए  
13613279_624618071043784_681455994763946365_o13613279_624618851043706_4575580844245180294_o13640730_624619131043678_800584833407366469_o13640765_624625497709708_7232892006408366964_o13640812_624618944377030_1226189803183902690_o13640983_624622734376651_2211704769043970172_o13641115_624621074376817_1325946329655082546_o13641225_624625594376365_8479322559039520310_o13641256_624625911043000_1256971885305445091_o13652920_624625957709662_2373042630942802947_o13652958_624620571043534_2438109491958398052_o13652968_624620251043566_6769968812078299211_o13653233_624620731043518_1268903954853756759_o13653353_624619127710345_4902498494461992636_o13661968_624621161043475_2061453289591318419_o - Copy13661968_624621161043475_2061453289591318419_o13661993_624621921043399_3727485047616619864_o13662269_624618941043697_5383632639384118170_o13667714_624618387710419_6248520758533449615_o13667912_624615917710666_4930612584045464297_o13667975_624622007710057_7924889951529369420_o13668765_624620947710163_5733630974047896349_o - Copy (2)13668765_624620947710163_5733630974047896349_o - Copy13668765_624620947710163_5733630974047896349_o13668854_624623164376608_6832069315648562151_o13668884_624615684377356_4049535185071971659_o13669257_624618667710391_9037030772377702137_o13669413_624625677709690_9088476644042263694_o13679877_624622477710010_4468549643344355527_o13680162_624618267710431_1883059749005824883_o13680180_624623114376613_5155092572285801526_o13680236_624625591043032_7330568058626509277_o13680299_624615794377345_1763163117279150494_o13692950_624621054376819_2096944709364563491_o13698046_624620691043522_998990416374439809_o13708172_624625847709673_2046306936149369921_o13735659_624621441043447_3170204852410780161_o13765752_624618351043756_7879196134790821009_o13765808_624621914376733_1684568022486360703_o

Friday, June 24, 2016

दिगाम गाविस परिवार को अनुरोधक

 
गुल्मी पिपलनेटा हुँदै दिगाम जोडिने दिगाम गाविसको पहिरो जुनसुकै बेला पहिरो गई बाटो बन्द हुन सक्छ|| उक्त बाटो भई हिँड्नु हुने गाडी चालक, यात्रीहरु, बिधार्थी तथा सम्पूर्ण महानुभावहरु सजक र सतर्क भई बाटो अवरोध भएको छ छैन बुझी बाटो पार गर्नु हुन अनुरोध गर्दछौँ||
अनुरोधक:- "दिगाम गाविस परिवार"  मेरो दिगाम 







Tuesday, June 21, 2016

यी हुन् काबुलमा मारिने १२ नेपाली (सूचीसहित)

काठमाडौंः अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान आत्मघाती बम आक्रमणमा मारिएका १२ जना नेपाली युवाको नाम परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पत्रकार सम्मेलन गरेर काबुलमा मारिएका १२ नेपालीको नाम आएको पत्रकारहरुलाई बताएका हुन् ।
प्रवक्ता पौड्यालका अनुसार काबुलमा मारिएकामध्ये १२ जनाको मात्र पुष्टि भएको बताए । ‘१४ जना मारिएको सूचना आएपनि अन्य दुईजना विदेशी हुनसक्ने अनुमान छ’, उनले भने, ‘नेपालीसँग अनुहार मिल्दोजुल्दो भएपनि उनीहरु नेपाली नै भएको एकीन भएको छैन ।’
काबुल विस्फोटमा १४ जना मारिएको कुरा सरकारले जानकारी दिएको थियो । परराष्ट्र मन्त्री कमल थापाले पनि सोमबारको संसद् बैठकमा १४ नेपालीको ज्यान गएको जानकारी गराएका थिए ।
प्रवक्ता पौड्यालले काबुल जानका लागि पाकिस्तानस्थित कार्यवाहक राजदूत तीर्थराज अर्याल तयारी अवस्थामा रहेको जानकारी दिए । इस्लामावादबाट काबुल जाने जहाज बिहानै उड्ने भएकाले भोलि बिहानसम्म पाकिस्तानी दूतावासबाट अधिकारीहरु काबुल पुग्ने पौड्यालको भनाइ छ ।
‘पाकिस्तानस्थित हाम्रा अधिकारीहरु काबुल पुगेर शवलाई नेपाल फर्काउन तथा घाइतेको प्रभावकारी उपचारको पहल गर्नेछन्’, पौड्यालले भने, ‘घटनापछि सरकारले अफगान सरकारसँग निरन्तर सम्पर्क गरिरहेको छ । घाइतेको उपचारमा कुनै कसर नराख्न भनेका छौं

हार्दिक श्रादन्जली

हार्दिक श्रादन्जली !!!
अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा परी १४ नेपालीको मृत्यु भएको घटनाले हामीहरु स्तब्ध भएका छौ । यस दुखद घडीमा मृतआत्माहरुको चिरशान्तिको कामनागर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ साथै अन्य घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछौ ।’ यस दुखद घडीमा सबैमा धैर्य धारण गर्न शिक्ति मिलोस, नेपाल सरकार परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालय को ध्यान यश तर्फ जओस तुरुनदुखि र पिडित परिवारजनहरु उचित राहतको व्यवस्था गर्दै पिडितहरुको घाऊमा मलम लगाऊन हार्दिक अनुरोध गर्दछौ ।


            मेरो दिगाम परिवार 

चारबर्ष पछि सकुशल नेपाल फर्किन हरिकला परियारः

१७ जुन, २०१६तेज थापा, रियाद साउदि अरब ।भारतको कलकत्ता हुदै बिगत चारबर्ष अघि साउदी आएकि दाङ तुल्सिपुर नगरपालिका ३, कि हरिकला परियार हिजो नेपाल फर्कन सफल भएकि छन् । अपरान्ह ३:५५ बजे रियाद बिमान स्थल हुदै यअर अरबियाबाट उनलाइ नेपाल फर्काइएको नेपाली दुतावास रियादका का. बा. राजदूत आनन्द प्रसाद सर्माले जानकारी दिनु भयो । घरेलु महिला कामदारको रूपमा साउदी छिरेकी उनलाइ रियादमा केहि महिना काम लगाइ पुर्वी प्रान्त स्थित कतिफ मालिकको बैनिको घरमा स्थानान्तरण गरिएको थियो । त्यहाँ उनलाइ तलव सेवा सुबिधा दिनुको सट्टा राम्ररि खान पनि नदिइए उल्टै कुटपिट लगायतका घरेलु हिंसा बोहोर्न बाध्य भइन । यातना सहन नसकि उनि ६ महिना अघि साउदीको घरबाट भागेर आफन्तजनको रेखदेख र संरणमा पुगेकि थिइन । अबैध बनि नेपाल फर्किन पाउने वा नपाउने अन्योल अवस्थामा रहेकी हरिकलालाइ नेपाली राजदूतावास रियदसँग परामर्स गरि गत ७ मे, २०१६ मा एनआरएनए साउदीको एक टोलीले कतिफ आफन्तको घरबाट उध्दार गरि दूतावास रियादमा पुराएको थियो । यसरि अलपत्र अवस्थामा रहेकि हरिकला परियारलाइ नेपाली दुतावास रियाद तथा एनआरएनए साउदीको संयुक्त पहलमा सकुसल नेपाल फर्काउन संभव भएको हो ।
कुवेत लगायत तेस्रो मुलुक हुदै अबैध घरेलु कामदारको रूपमा साउदी आइपुगेका महिलाहरूको उध्दार गर्न साउदीको कानुन बमोजिम धेरै अप्ठ्याराहरू आइ पर्ने नेपाली राजदूतावास साउदी अरबका का. बा. राजदुत आनन्द प्रसाद सर्माले जनाउनु भयो । उहाँले कुबेत हुदै साउदी छिरेका नेपाली महिलाहरूलाइ तलव नदिने, घरेलु हिंसा गर्ने तथा कुनै-कुनै महिलाहरूलाइ बिच बाटोमा मात्र नभएर दुतावासको कार्यालय अगाडी अलपत्र अवस्था मै छोडि दिने समेतका घटनाहरू बेहोर्नु परेको र त्यस्ता महिलाहरू उध्दारको सिलसिलामा अझै दुतावसको सेल्टरमा रहेको जानकारी पनि दिनु भयो ।
Like